त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापासमक्ष त्रिवि सुधारका लागि २१ बुँदे महत्त्वपूर्ण सुझाव पत्र पेस गरेको छ।
स्ववियुका अध्यक्ष दीपक राज जोशीको नेतृत्वमा गएको टोलीले बिहीबार त्रिवि उपकुलपतिसमक्ष त्रिविलाई समयानुकूल, प्रविधिमैत्री, अनुसन्धानमुखी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न विशेष आग्रह गरेको हो ।
२०७२ सालको भूकम्पपछि पनि त्रिभुवन विश्वविद्यालयका कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक र वनस्पति विज्ञान भवन पुनर्निर्माणको प्रतीक्षामै छन्। यसप्रति ध्यानाकर्षण गराउँदै हामीले प्रतीकात्मक रूपमा ब्लकको फोटो र क्याक्टस हस्तान्तरण गरेको छ।
सुझावपत्रमा शैक्षिक क्यालेन्डर पूर्ण रूपमा लागू गरी समयमै भर्ना, परीक्षा, नतिजा र दीक्षान्त सम्पन्न गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउनुपर्ने, ५० हजार विद्यार्थी (कुल सङ्ख्याको १० प्रतिशत) लाई समेट्ने गरी डिजिटल छात्रवृत्ति प्रदान गरिनुपर्ने र भौतिक पूर्वाधारलाई अपाङ्गमैत्री बनाइनुपर्ने विषयहरूलाई उठाइएको छ।
यसैगरी स्ववियुले वैज्ञानिक शुल्क निर्धारणका लागि 'शुल्क पुनर्मुल्याङ्कन समिति' गठन गर्न, विद्यार्थीका लागि हेल्थ र लाइफ इन्स्योरेन्स लागू गर्न, र विश्वविद्यालयको मौलिक पहिचान झल्किने गरी मास्टर प्लान म्याप तयार पारेर मात्र भौतिक पूर्वाधार विकास गर्न सुझाव दिएको छ।
देशकै सबैभन्दा ठुलो विश्वविद्यालयका लागि आवश्यक पर्ने १९ अर्ब रुपैयाँको बजेट मागको तुलनामा सरकारबाट मात्र ६ अर्ब ३१ करोड रुपैयाँ अनुदान प्राप्त हुनु चिन्ताजनक रहेको उल्लेख गर्दै स्ववियुले बजेट कटौती हुन नदिन र नियमित सञ्चालन तथा अनुसन्धानका लागि सरकारसँग प्रभावकारी पहल गर्न उपकुलपतिको ध्यानाकर्षण गराएको छ।
त्रिविलाई डिग्री वितरण गर्ने कारखाना मात्र नबनाई ज्ञान-सिर्जना र सामाजिक रूपान्तरणको केन्द्र बनाउनका लागि चालिने हरेक रचनात्मक कदममा स्ववियुको सदैव साथ र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण