भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने
बिहीबार, १९ साउन २०७९, ०८ : ५८
भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हाे ।
मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन दिन उद्योगीहरुलाई आग्रह गरेको छ ।
खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो । भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरुले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण