गोदावरीमा निःशुल्क रेबिज भ्याक्सिनको व्यवस्था गरिने

गोदावरी नगरपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो ।
गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए । उनले भने, “नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हौं ।” सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए ।
स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । उनले भने, “गोदावरीमा रेबिजबाट कोही पनि सङ्क्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हौं ।” यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र सात दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्ससँग हारको बदला लिएको नेपालको फाइनल पुग्ने सम्भावना बलियो
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार