पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध
मङ्गलबार, २४ साउन २०७९, ०७ : २०
लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ ।
जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए ।
वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक
-
सहकारी प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’
-
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी
-
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आवश्यक छ : मन्त्री चौधरी
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे