ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग
ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ ।
ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय- एक हजार तीन सय सेट छन् । ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गरे ।
सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री सहयोग गरिएको बताए । उनले भने, “विपद् प्रतिकार्यका लागि सामूहिक प्रयास आवश्यक हुन्छ । समुदायको विपद् उत्थानशीलताका लागि क्षमता बढाउन ब्रिटिस रेडक्रसले नेपाल रेडक्रसलाई निरन्तर सहयोग गरिराखेको र आगामी दिनमा यस्ता सहयोग जारी रहने छ ।”
नेपाल रेडक्रस कार्यकारी निर्देशक ढकालले ब्रिटिस रेडक्रसबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्री तत्कालै बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण