साकेलाका भूकम्पपीडितलाई राहत
बुधबार, २५ साउन २०७९, ०९ : ०८
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ । गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो ।
पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए ।
भूकम्पबाट १४ घरमा पूर्ण र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, काठेपुल बनाएर मोटर तार्छन् मनाङी
-
लिफ्ट भत्किएर खानीमा फसेका १४ जनाको सकुशल उद्धार
-
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष