नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए । यद्यपी उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
यद्यपी मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन