शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई नेपाल ल्याइँदै

आइतबार, ०५ भदौ २०७९, ०८ : ५८
आइतबार, ०५ भदौ २०७९

कृषि तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनल मार्फत मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।

हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आईपुग्ने छन् । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साँढे र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।

कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार कोरियाबाट ल्याइने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुली स्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ ।  साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै बेहोर्ने छ । कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियाबाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप