सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा छैन बन्दको प्रभाव (फोटो फिचर)

मङ्गलबार, ०७ भदौ २०७९, ०७ : ४२
मङ्गलबार, ०७ भदौ २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् । 

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप