आधा घण्टामा सकियो प्रतिनिधि सभा बैठक, एमालेको आग्रहमा १ साता स्थगित
प्रतिनिधि सभाको बैठक आधा घण्टा सञ्चालन भएर स्थगित भएको छ । मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद कोइरालाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक सदनमा पेश गरेका छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्नि प्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । एमालेले पार्टीको पोलिटब्युरो बैठक, केन्द्रीय कमिटीको बैठक जस्ता पार्टीका कार्यक्रममा धेरै सांसद सहभागी हुनुपर्ने भएकोले बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै बैठक स्थगित गर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार सभामुख सापकोटाले आगामी भदौ १३ गतेसम्मका लागि बैठक स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
एमालेले भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण