आसन्न निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार मतदाताले मतदान गर्ने
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र संघीय निर्वाचनका लागि सुर्खेत जिल्लाबाट २ लाख ४७ हजार ७४० जनाले मतदान गर्ने भएका छन् । जसमध्ये १ लाख २० हजार ७१४ जना पुरुष रहेका छन् भने १ लाख २७ हजार २६ जना महिलाले मतदान गर्न पाउने भएका छन् ।
२ वटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं.–१ म एक लाख २३ हजार ७५ जना मतदाता संख्या रहेको छ भने क्षेत्र नं.–२ मा १ लाख २४ हजार ६६५ जना मतदाता संख्या रहेको प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा मतदाता संख्या सबैभन्दा बढी रहेको छ । यद्यपि यो तथ्याङ्क निर्वाचनसम्म घटबढ पनि हुनसक्ने अनुमान उनको छ । यस्तै यही भदौ १२ गते निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
उक्त कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झूटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिनसक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिएको छ । उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको उनले बताए ।
चालिसेले भने, ‘मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ । मतदानको हकमा जाँचबुझ गरि मृत्यु भएका मतदाताको प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समयावधि १३–१७ गते तोकिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण