बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एकको मृत्यु

शुक्रबार, १० भदौ २०७९, १८ : ४९
शुक्रबार, १० भदौ २०७९

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका– २ का १९ वर्षीया बिक्रम कठायत रहेका छन् । 

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेका थिए । सोही वडाको दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो । उनी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार शुक्रबार बिहान मात्रै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप