अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न बुटवल जाँदै प्रधानमन्त्री देउवा
शनिबार, ११ भदौ २०७९, ०८ : ३२
रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको हो ।
थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण