बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाँकेको बालापुरमा १ करोड लागतको डिप ट्युबवेलको उद्घाटन

शनिबार, ११ भदौ २०७९, १७ : २७
शनिबार, ११ भदौ २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेको राप्तीसोनारी ८ बालापुरमा सिञ्चाइका लागि निर्माण गरिएको डिप ट्युबवेलको उद्घाटन गरेका छन् । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री गहराजले समृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रम अन्तर्गत १ करोड लागतमा निर्माण गरीएको डिप ट्युबवेलको उद्घाटन गरेका हुन् ।

ट्युबवेल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राप्ति सोनारीलाई कृषि र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताए । उनले सिञ्चाई सुविधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य राखिएको बताए ।

बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुन सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषि उपज कोहलपुर र नेपालगन्जको तारे होटलमा बिक्रि गर्न सकिने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य पार्वती पुन उषा, राप्तीसोनारी वडा नं. ८ का अध्यक्ष शालिकराम डाँगी लगायतले पनि बोलेका थिए । १ करोड लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाले बालापुर गाउँका १ सय ५० बढी किसानको झण्डै ९० विगाह जमिनमा सिञ्चाई सुविधा पुग्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप