पाकिस्तानमा बाढीको वितण्डा, अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल
बाढीले देशभर वितण्डा मच्चाएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ । हालसम्म अमेरिका, यूएई, संयुक्त राज्यलगायत अन्य देशहरूले आर्थिक सहयोग गरिसके पनि सो रकम अझै अपुग हुने पाकिस्तानको गृह मन्त्रालयका अधिकारीले बीबीसीसँग कुराकानी गर्दै जानकारी दिएका हुन् ।
जुन महिना यता देशमा हालसम्म बाढीमा परेर १ हजारभन्दा बढीको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको सलमान सुफीले जानकारी दिए । उनले जनतालाई सहायता गर्न पाकिस्तानको सरकारले हर सम्भव प्रयास गरिरहेको बताए ।
सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वामा अवस्था सबैभन्दा खराब छ। अहिलेसम्म सिन्धमा सबैभन्दा बढी ३३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरी जनतालाई सहयोग गर्न ३८ अर्ब पाकिस्तानी रुपैयाँ घोषणा गरेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाले बलुचिस्तानको भ्रमण गरेका छन्।
बाढीका कारण उत्पन्न अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले सोमबार सर्वदलीय बैठक बोलाएका छन् तर प्रमुख प्रतिपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफलाई बैठकमा सहभागी हुन आमन्त्रण नगरिएको एक्सप्रेस पत्रिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण