खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ ।
सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् । यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण