बाँकेमा बसको ठक्करबाट एक बालक गम्भीर घाइते
आइतबार, १२ भदौ २०७९, ११ : २७
बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण