माओवादी दाङ जिल्ला इन्चार्जमा आचार्य
आइतबार, १२ भदौ २०७९, १२ : ०७
नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन ।
यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेता हुन् । दोस्रो संविधानसभा २०७० सालमा झिनो मत अन्तरले नेपाली काँग्रेसका राजु खनालसँग पराजित भएका थिए । त्यसयता उनी चुनाव लड्ने अवसर पाएका छैनन् ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने आचार्य प्रतिनिधिसभा चुनावका आकांक्षी हुन् । यदि पार्टी प्रवक्ता कृष्णबहादुर महरा चुनाव नलडेमा आचार्यले नै चुनाव लड्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण