पाल्पामा छोराले चिर्पट दाउराले प्रहार गर्दा बुवाको मृत्यु
आइतबार, १२ भदौ २०७९, १२ : २०
पाल्पामा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको छ । पाल्पा जिल्लाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ वर्षका बालकले सामान्य झैँ झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, भने शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डी एसपी वीरेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण