‘विचारसहितको पत्रकारिता अहिलेको आवश्यकता’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल ‘बलदव’ले अहिलेको पत्रकारितामा विचारको पक्षधरता आवश्यक रहेको बताएका छन् । बुटवलमा आइतबार आयोजित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारिता स्वतन्त्र भए पनि विचारविहीन हुन नसक्ने उल्लेख गरे ।
विचारसहितको पक्षधरता पत्रकारितामा हुनुपर्नेमा जोड दिँदै उनले उन्नत विचारसहितको पत्रकारिताले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले प्रेस सेन्टर नेपाल जनपक्षीय पत्रकारहरुको सशक्त संगठन भएकाले यसमा आवद्ध पत्रकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्ने गरी जनपक्षीय पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याए । राजनीतिक क्षेत्रमा देखिएका विकृति, विसंगति औंल्याएर असल शासन व्यवस्थाका लागि पत्रकारले नेताहरुलाई झक-झक्याउनु पर्ने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, तथा सञ्चारमन्त्री तिलकराम शर्माले सञ्चार क्षेत्रमा प्रदेश सरकारले गरेका कामको चर्चा गर्दै आवश्यक ठाउँमा पत्रकारबाट सुझाव सल्लाहको अपेक्षा गरेको बताए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले प्रेस सेन्टरको भूमिका उत्साहजनक देखिएको बताए । प्रेस सेन्टरले गति बढाउन भने आवश्यक रहेको उनको भनाइ थियो । ‘जुन संगठनले आफूलाई चलायमान गराउन सक्दैन, त्यसको औचित्य छैन,’ उनले भने । बरालले विकृति विसंगतिविरुद्ध बोल्न सक्नु मिडियाको मूल मर्म भएको उल्लेख गरे । प्रेस सेन्टरमा आबद्ध पत्रकारले झन् बढी हिम्मत जुटाएर जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा उनको जोड दियो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोट ‘जुगल’ले संगठन सुदृढीकरणका लागि प्रेस सेन्टरले देशव्यापी अभियान थालेको बताए । संगठनमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न, क्रियाशील बनाउन, थप एकताबद्ध गराउन र संगठन मजबुत गराउन केन्द्रीय सर्कुलर लिएर प्रदेश तथा जिल्लाहरुमा कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षद्वय अजयदीप शर्मा र निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल लगायतले प्रेस सेन्टरमा आवद्ध पत्रकारले गर्ने पत्रकारिता जनपक्षीय हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण