बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, १३ भदौ २०७९, १६ : ०५
सोमबार, १३ भदौ २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् । 
घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप