नेकपा एस पाल्पाले सिफारिस गर्यो सोमप्रसाद पाण्डेको नाम
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) पाल्पाले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सोमप्रसाद पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको हो ।
उनलाई उम्मेदवारका लागि सिफारिस गरिएको जिल्ला कमिटी सदस्य एवं पाटी प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । पाण्डे अहिले पनि पाल्पा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य छन् । सिफारिसमा परेका पाण्डे नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
पाण्डे २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका थिए । उनी पाल्पा क्षेत्र नंं २ को ५ दलीय गठबन्धनमा बलियो उम्मेदवार हुन् । समाजवादी पार्टीले पाण्डेलाई सिफारिस गरेपनि ५ दलीय गठबन्धनमा भने सहमति हुन बाँकी रहेको छ ।
पाल्पा क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसले पनि दावी गर्दै आएको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको दावी गर्दै नेपाली कांग्रेस पाल्पाको टोलीले पाटी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरिसकेको छ ।
यसैगरी एकीकृत समाजवादीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ भने प्रदेशतर्फ महिला अल्पसंख्यकमा रमा घर्तीमगर, दलितमा बलबहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण