रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक मृत भेटिए
रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए ।
घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोप्राइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे । प्रजिअ सापकोटाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिवाङ ल्याउने तयारी भइरहेको बताए ।
यसैबीच हराएका चालक तामाङ मृत फेला परेको विषयमा प्रजिअ सापकोटाले नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङलाई जानकारी गराएका छन् । आफ्नो जिल्लाका नागरिक रोल्पामा सडक दुर्घटनामा परी बेपत्ता भएको जानकारी पाएपछि सांसद तामाङले प्रजिअ सापकोटालाई टेलिफोन गरी उनको खोजीमा तदारुकता देखाउन आग्रह गरेका थिए । ‘रोल्पाका प्रमुख जिल्ला अधिकारीले मलाई फोन गरेर हराएका चालक मृत भेटिएको जानकारी गराउनुभएको छ’, सांसद तामाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण