विष्णु पौडेललाई टक्कर दिन एकीकृत समाजवादीले राजु गुरुङलाई अघि सार्यो
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारीका लागि एकीकृत समाजवादीले राजु गुरुङको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट यसअघि लगातार तीन पटक चुनाव जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ नै हो । पौडेललाई टक्कर दिन नेकपा एकीकृत समाजवादीले गुरुङलाई अघि सारेको भए पनि सो क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लाग्न भने बाँकी नै छ ।
एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अबिराम विकका अनुसार पार्टीले गुरुङलाई उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनभित्र सो निर्वाचन क्षेत्र कुन दलको भागमा पर्छ भन्ने यकिन नभए पनि उक्त क्षेत्र आफ्नो पार्टीले नै पाउनसक्ने सम्भावना आकलन गर्दै समाजवादीले उम्मेदवार सिफारिस गरेको उनको भनाइ छ ।
राजु गुरुङ नेकपा एमालेमा रहँदा पार्टीको रुपन्देही जिल्ला अध्यक्ष थिए । उनी युवा संघको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए । एमालेमा रहँदा नेता पौडेलको चुनावी कमाण्डर बनेका उनी बुटवलका लोकप्रिय युवा नेता हुन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता विष्णु पौडेलले ४४ हजार ३ सय मत ल्याएर जित हासिल गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९३७ मत ल्याएका थिए ।
सो क्षेत्रका लागि गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । माओवादीले सो क्षेत्र पाए विनोद पहाडीलाई उम्मेदवार बनाउने सम्भावना रहेको माओवादी नेताहरु बताउँछन् ।
समाजवादीले सो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ बालकृष्ण चापागाई, हिराध्वज शाह, सरिता श्रीस र जुद्ध केसीको नाम सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण