लुम्बिनीमा चुनावी रणनीति बनाउँदै माओवादी केन्द्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन विशेष रणनीति बनाइरहको छ । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएर लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित गरेर कार्यक्रम तय गर्न निर्देशन दिएका थिए ।
प्रदेश समन्वय समितिका बैठकले केही प्रदेशको पदाधिकारीहरूलाई समेत गरी केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको कमाण्डर तोकेर पठाएको छ । लुम्बिनी प्रदेशमा पर्ने प्रतिनिधिसभातर्फका २६ क्षेत्र र प्रदेशको ५२ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोकेर पठाएको हो ।
त्यसैगरी रिक्त रहेका जिल्लाहरूमा इन्चार्ज तोकिएको छ । चुनावी कमाण्डर तथा इन्चार्जहरूले आफ्नो क्षेत्रमा चुनावी रणनीति अनुसार काम गरिरहेका छन् । दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य, रुपन्देही जिल्लाको इन्चार्जमा हकि कुल्लाह खां र गुल्मी जिल्लाको इन्चार्जमा विरबहादुर कार्कीलाई जिम्मेवारी दिइएको केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल वलदेवले जानकारी दिए ।
उम्मेदवार छनोटको लागि प्रक्रिया सुरु गरिएको प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । भदौ २० गते भित्र कम्तीमा तिन जनाको नाम प्रदेश कार्यालयमा सिफारिस गरी पठाउन भनिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र तयारी समिति समेत गठन गरिएको छ ।
केन्द्रीय सचिव तथा प्रदेशका इन्चार्ज चक्रपाणी खनाल बलदेवको नेतृत्वमा नेताहरू कुल प्रसाद केसी, वामदेव क्षेत्री, सुदर्शन बराल, दामा शर्मा, जित बहादुर चौधरी, ठाकुर कुमार विक, डा.कृष्ण खनाल, अत्तर हुसेन समितिमा रहेका छन् । भदौ मसान्तसम्म वडातहसम्मका बैठकहरु सक्नेगरी चुनाव लक्षित कार्यक्रमहरू भइरहेको प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण