मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको मृत्यु
रुपन्देहीको बुटवलमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतक बाबुछोरा हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३, बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा बुटवल–१३ बेलवास बस्ने ४० वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय आयुष आचार्य भने घाइते भएका छन् । लु४८प ३२४६ नम्बरको मोटरसाइकलका चालक पाल्पा, रामपुर–२ बस्ने २३ वर्षीय अमृत सुनारी मगर पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई मोटरसाइकल ठोक्किएपछि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१क ४४२४ नम्बरको ट्याङ्कर मुनि लु४१प ४१६८ नम्बरको मोटरसाइकल पर्न जाँदा मानवीय क्षति भएको हो । उक्त ट्याङ्करलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण