बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रो टीबीसी जब फेयरको आयोजना हुँदै

बिहीबार, १६ भदौ २०७९, ११ : १७
बिहीबार, १६ भदौ २०७९

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।

कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् । त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङर द ब्रिटिस कलेज रहेका छन् । 

कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, -‘टीबीसीले हरेक वर्ष नेतृत्वदायी भुमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फतयोग्य विद्यार्थीहरुलेकामको अवसर पाउनुको साथैआफ्नो नेटवर्क विस्तार गर्न विशेषअवसर पाउनेछन् ।’

कलेजका स्टुडेन्ट इन्टर्नसिप अफेर्स हेड सुनिल श्रेष्ठले विद्यार्थीहरुको उदेश्य परिपुर्ति गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप