बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेत क्षेत्र–१ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस

बिहीबार, १६ भदौ २०७९, १६ : ३६
बिहीबार, १६ भदौ २०७९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।  बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो । 

खड्का सोही क्षेत्रबाट ०७४ मा एमालेका धुर्वकुमार शाहीसँग पराजित भएका थिए । शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । खड्का बाँके क्षेत्र नं.३ बाट पनि सिफारिस भएका छन् । 

यस्तै समानुपातिक तर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको क्षेत्रीय सदस्य मोहन रानाले बताए ।  यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर–१ को (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेश सभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ । यस्तै भुपेन्द्र चन्द, भुपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ। समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलमति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप