कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल सिफारिस
नेपाली कांग्रेसबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । बिहीबार कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रको बसेको बैठकले जिल्लाका उनलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।
शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । शाहीले ०७४ को निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए । हाल गृह जिल्लामै रहेका शाहीले दुबै क्षेत्रमा उपयुक्त उम्मेदवार रहेको भन्दै एकल उम्मेदवारी दिएको बताइए ।
गृह जिल्लामा बलियो उम्मेदवारका रूपमा रहेका शाहीले कर्णाली प्रदेशमा पुनः मुख्यमन्त्री पाउने सम्भावना रहेमा प्रदेश र मुख्यमन्त्री नपाने अवस्थामा संघमा जाने बताइएको छ । यस्तै प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा, मंगल शाहीको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण