हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति
शुक्रबार, १७ भदौ २०७९, १० : २३
अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् ।
क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजका अनुसार उक्त बन्दुकमा पाँचवटा गोली लोड गरिएको भए पनि त्यो पड्किन पाएन ।
हाल भ्रष्टाचारको मुद्दा खेपिरहेकी क्रिच्नर अदालतबाट फर्किएकी थिइन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेकी छन् ।
प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ । उनी ३५ वर्षीय ब्राजिलियन नागरिक भएको प्रहरीले जानकारी दिएको छ । उनले आक्रमण गर्नुको कारणबारे सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओलम्पिक छनोटमा सुखद नतिजा ल्याउँछौँ’
-
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन
-
गण्डकी सरकारलाई कांग्रेसको चेतावनी : अदालतको आदेश विपरीत काम नगर्नू
-
बंगलादेश छात्रवृत्ति प्रकरण : बंगलादेशलाई कूटनीतिक नोट, तर आएन जवाफ
-
युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
-
रहेनन् कलाकार उज्वल केसी