मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा गौरा पर्वको रौनक, तस्बिरमा हेर्नुहोस्

शनिबार, १८ भदौ २०७९, १६ : १२
शनिबार, १८ भदौ २०७९

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् ।  धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ  आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्त्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौँ आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । काठमाडौँमा गौरा मनाइरहेका सुदूपश्चिमेलीहरुका तस्बिरलाई हामीले यहाँ समावेश गरेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप