नेपालका बक्स अफिस पारदर्शी छैनन्: अध्यक्ष खड्का
नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित अध्यक्ष नवल खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताएका छन् ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउँदै उनले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बताएका हुन् ।
उनले भने, ‘उहाँहरूको सोच, सपनालाई अहिलेको नयाँ कार्यसमितिले उहाँहरूको उद्देश्य र लक्ष्यलाई प्राप्त गर्न अहोरात्र खटिनेछ । अघिल्लो कार्यसमितिले पाइपलाइनमा राखेका कामलाई हामी पूरा गर्नेछौँ । राष्ट्रिय चलचित्र नीति निर्माण भएर जुन थन्किएर रहेको छ, त्यसलाई हामी पूरा गर्नेछौँ । त्यसलाई हामी कार्यान्वयन गर्नेछौँ । त्यो २०७१ को राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्ने हाम्रो पहिलो काम हुनेछ । बक्स अफिस पारदर्शी छैनन्, त्यसलाई पारदर्शी बनाउन हामी लाग्नेछौँ ।’
उनले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणको लागि आवश्यक काम गरेर देखाउने दाबी गरे । अध्यक्ष खड्का निर्माता संघको अध्यक्षमा निर्विरोध चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण