गुलाबजङ्ग शाह पुनः प्रदेशतिरै सिफारिस, किन बदले निर्वाचन क्षेत्र ?
नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह पुनः प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् । एमाले सल्यानका प्रभावशाली नेता शाह प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएका हुन् ।
यद्यपि शाहले यो पटक भने क्षेत्र बदलेका छन् । ०७४ मा उनी (क) बाट चुनाव लडेका थिए । शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए । यो पटक शाहले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर चुनाव लड्दै छन् । सल्यानमा एमाले विभाजनको असर परेको देखिन्छ ।
सल्यानमा आफ्नो प्रभाव बलियो बनाइरहेका प्रकाश ज्वाला अहिले एकीकृत समाजवादीको उपमहासचिव र प्रदेश इञ्चार्ज छन् । शाह र ज्वाला दुवैको क्षेत्र एउटै हो । तर गत वर्ष ज्वालाले (ख) बाट प्रदेश सभा चुनाव जितेका थिए ।
माओवादीको साथ पाएर दुवै जनाले प्रदेश सभा चुनाव जित्न सफल भएका थिए । यद्यपि अहिले ज्वाला प्रतिनिधि सभाको लागि सिफारिस भइसकेका छन् । शाहले आफ्नो क्षेत्रबाट सुरक्षित महसुस नगरेपछि (ख) बाट उम्मेदवारी दिने निर्णय गरेको नेताहरू स्थानीय नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण