एमाले उपाध्यक्ष थापालाई मातृशोक
आइतबार, १९ भदौ २०७९, १० : ०७
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा बादललाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।