सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई चीनमा मान्यता
नाकले सुँघेर दिइने कोभिडविरुद्धको खोपलाई मान्यता दिने चीन पहिलो राष्ट्र बनेको छ । क्यानसाइनो नामक गरेको कम्पनीले उत्पादन गरेको उक्त खोपमा सुईको माध्यमबाट दिइने खोपको जस्तै तत्त्वहरू रहेका छन् । त्यसमा हाम्रो शरीरलाई कोभिडसँग लड्न सिकाउने जेनेटिक कोडको संवाहकको रूपमा एडेनोभाइरसलाई प्रयोग गरिएको उल्लेख छ ।
‘कोनभिडेसिया एयर’ लाई बाफ जसरी सुँघेपछि पहिलोपटकमा नै त्यसले कोभिडबाट राम्रो सुरक्षा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । चीन मात्र नभएर बेलायत र अमेरिकाका शोधकर्ताहरूले पनि नेसल स्प्रे भ्याक्सिनको बारेमा अध्ययन गरिरहेका छन् । वैज्ञानिकहरूले यस्ता स्प्रेले शरीरमा कोभिड प्रवेश गर्ने मार्ग नाक र माथिल्लो श्वास नलीमा थप प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने बताएका छन् ।
द नेसनल मेडिकल प्रोडक्टस एडमिनिस्ट्रेसन अफ चाइनाले क्यानसाइनोको खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्ने अनुमति दिएको छ । पहिले नै सुईबाट खोप लगाएकाहरूलाई यसले थप सुरक्षा प्रदान गर्ने ट्रायलबाट देखिएको उल्लेख गरिएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण