शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धानखेतमा दुई किशोरीको शव फेला

बुधबार, २२ भदौ २०७९, १२ : ३०
बुधबार, २२ भदौ २०७९

धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो । 
    
स्थानीयवासी खेतमा जाँदै गर्दा  ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप