कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा
बुधबार, २२ भदौ २०७९, १७ : ४९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो ।
विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण