दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु
बिहीबार, २३ भदौ २०७९, ०६ : ५०
दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।
उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।
यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।
राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण