आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु

बिहीबार, २३ भदौ २०७९, ०६ : ५०
बिहीबार, २३ भदौ २०७९

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।

उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।

यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।

राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप