प्रदेश १ का २८ निर्वाचन क्षेत्रका लागि तीन ठुला दलबाट २२१ जना दाबेदार (सूची)
आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि ठूला तीन दल कांग्रेस, एमाले र माओवादीबाट २२१ जना उम्मेदवार सिफारिसमा परेका छन् ।
प्राप्त विवरण अनुसार कांग्रेस र एमालेको जिल्लाबाट प्रदेश समितिमा शतप्रतिशत सिफारिस भएको छ भने माओवादी केन्द्रको भोजपुर र सोलुखुम्बुको सिफारिस हुन बाँकी छ । प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५५ जना उम्मेदवार सिफारिस भएको हो ।
सिफारिस भएका उम्मेदवारमध्ये एमालेबाट १३ जना, कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ११ जना उम्मेदवार सर्वसम्मतरुपमा एकल सिफारिस भएका छन् । एमालेबाट एकल सिफारिस हुनेमा पाँचथरबाट वसन्तकुमार नेम्वाङ, इलाम–१ बाट महेश बस्नेत, इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ, झापा–१ बाट रविन कोइराला, झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, धनकुटाबाट राजेन्द्रकुमार राई, मोरङ–२ बाट ऋषिकेश पोखरेल, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–४ बाट विनोद ढकाल, सुनसरी–१ बाट जयकुमार राई, सुनसरी–३ बाट भगवती चौधरी, सुनसरी–४ बाट जगदिश कुसियैत र सोलुखुम्बुबाट मानवीर राई छन् ।
यस्तै नेपाली कांग्रेसबाट एकल सिफारिस हुने ८ उम्मेदवारहरुमा पाँचथरका भिष्मराज आङ्देम्बे, झापा–१ बाट विश्वप्रकाश शर्मा, झापा–३ बाट कृष्णप्रसाद सिटौला, झापा–४ बाट देउमान थेबे, धनकुटाबाट सुनिल थापा, मोरङ ३ बाट सुनिल शर्मा, सुनसरी–३ बाट विजयकुमार गच्छदार, सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, सोलुखुम्बुबाट आङ्गेलु शेर्पा र उदयपुर–१ बाट डा. नारायण खड्का छन् ।
यस्तै माओवादी केन्द्रबाट एकल सिफारिसमा पर्नेहरूमा पाँचथरबाट हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा–१ बाट राम कार्की, झापा–२ बाट राजु आचार्य, झापा–४ बाट झलकसिंह दर्लामी, तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ–१ बाट प्रेम मिभक लिम्बू, मोरङ–२ बाट गणेश उप्रेती सुशील, मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल र ओखलढुंगाबाट राम कार्की एकल सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

