‘बल्छी ध्रुवे’ ले ल्याए लोकदोहारी गीत ‘आँखै लाउनी हो’
बिहीबार, २३ भदौ २०७९, १२ : ०१
हास्य कलाकार मरिचमान श्रेष्ठ नामले भन्दा पनि ‘बल्छी ध्रुवे’को उपनामले चिनिन्छन् । कमेडी सिरियलमा ‘बल्छी ध्रुवे’, ‘जुठे’ लगायतको चरित्रबाट लोकप्रिय श्रेष्ठले लोकदोहोरी गीत ‘आँखै लाउनी हो’ ल्याएका छन् ।
श्रेष्ठकै संगीत रहेको गीत रमेश बिजीले लेखेका हुन् । गायन भने श्रेष्ठलाई सपना घिमिरेले साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतमा मन परेको केटी पाउन एउटा केटा पछि लागेको प्रसंग समेटिएको छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा श्रेष्ठको अलवा सरिता ढुङ्गाना, राजु पौडेल, उज्ज्वल खड्का, राजु कार्की लगायतको अभिनय छ ।
राजु थापाको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण