शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘बल्छी ध्रुवे​’ ले ल्याए लोकदोहारी गीत ‘आँखै लाउनी हो’

बिहीबार, २३ भदौ २०७९, १२ : ०१
बिहीबार, २३ भदौ २०७९

हास्य कलाकार मरिचमान श्रेष्ठ नामले भन्दा पनि ‘बल्छी ध्रुवे’को उपनामले चिनिन्छन् । कमेडी सिरियलमा ‘बल्छी ध्रुवे​’, ‘जुठे’ लगायतको चरित्रबाट लोकप्रिय श्रेष्ठले लोकदोहोरी गीत ‘आँखै लाउनी हो’ ल्याएका छन् ।

श्रेष्ठकै संगीत रहेको गीत रमेश बिजीले लेखेका हुन् । गायन भने श्रेष्ठलाई सपना घिमिरेले साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतमा मन परेको केटी पाउन एउटा केटा पछि लागेको प्रसंग समेटिएको छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा श्रेष्ठको अलवा सरिता ढुङ्गाना, राजु पौडेल, उज्ज्वल खड्का, राजु कार्की लगायतको अभिनय छ ।

राजु थापाको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप