जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने–न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ
सञ्चारमन्त्री तथा सत्ता गठबन्धनबीच सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका हुन् ।
असन्तुष्ट रहेको जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने, ‘न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुन्छ । जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
