शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने–न्यायोचित ढंगले सिट बाँडफाँट हुन्छ

बिहीबार, २३ भदौ २०७९, २० : ३८
बिहीबार, २३ भदौ २०७९

सञ्चारमन्त्री तथा सत्ता गठबन्धनबीच सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका हुन् ।

असन्तुष्ट रहेको जसपालाई लक्षित गर्दै सञ्चारमन्त्रीले भने, ‘न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुन्छ । जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका छन् ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप