पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति
शनिबार, २५ भदौ २०७९, १० : १९
पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।
बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ । बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।
पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशक पछिकै विनाशकारी भएको जनाइएको छ । बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण