१९१२ अंकको बिन्दुमा आइपुग्यो नेप्से, कारोबार रकम पनि अर्बभन्दा तल
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आउन थालेको छ । अघिल्लो साता ३० अंकले घटेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । आइतबार ११ अंकले घटेको नेप्से परिसूचक आज १३ अंकले घटेको हो ।
पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेमा कारोबार रकममा समेत संकुचन आउन थालेको छ । हिजो आइतबार ११ अंकले घट्दा जम्मा ७४ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा आज ८३ करोड रुपैयाँको कारोबार भएको छ । यसक्रममा २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यसबाहेक १२ वटा समूह राताम्मे बनेका छन् । जीवन बीमा समूहमा ५२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४६ अंकको गिरावट आएको छ ।
यस्तै, जलविद्युत र लघुवित्त समूहमा समान ३१÷३१ अंकको गिरावट आएको छ । अन्य समूहमा २३ अंकको गिरावट आउँदा वित्त समूह १६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा १४, उत्पादनमूलक समूहमा १३ र होटल तथा टुरिजम समूहमा ६ अंकको गिरावट आएको छ ।
आज युनाइटेड आईडीआई आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्यमा ४.१७ प्रतिशतको सुधार आउँदै प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ५.८७ प्रतिशतको गिरावट आउँदै प्रतिकित्ता १३ सय ८० रुपैयाँ कायम भएको छ ।
सेयर बजार घटेपनि आज नबिल बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै, सनराइज फस्ट म्युचुअल फण्डको ३ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यसैगरी, आज सेन्सेटिभ समूहमा ०.६४ प्रतिशत गिरावट आएको छ । २.३९ अंकको गिरावटसँगै यो परिसूचक ३७२.३४ अंकमा पुगेर रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण