शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमदानबाट खानेपानी ल्याएपछि धरानमा उल्लास

मङ्गलबार, २८ भदौ २०७९, ०९ : ०४
मङ्गलबार, २८ भदौ २०७९

खानेपानीको अभाव भोगिरहेको धरान उपमहानगरपालिकामा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् । 

श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । 

३ महिनाको श्रमदानमार्फत ल्याइएको पानी व्यवस्थित रुपले वितरण गर्ने प्रयास भइरहेको मेयर साम्पाङले बताए । सर्दुको पानी जोड्न बाँकी रहेकोले पानीको फोहोरा अझै बढ्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप