शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा एक पुरुषको शव फेला

बुधबार, २९ भदौ २०७९, ११ : ४९
बुधबार, २९ भदौ २०७९

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक एक जना पुरुषको शव फेला परेको  छ । रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगजामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका अन्दाजी ४०-४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 

शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा पुगी शवको जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको छ । पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप