आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गु सङ्क्रमितका लागि काठमाडौं महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु

शुक्रबार, ३१ भदौ २०७९, ०८ : ४८
शुक्रबार, ३१ भदौ २०७९

काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताए ।

सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सक्ने उनले बताए । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर डेङ्गुको सङ्क्रमण  तीव्र फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप