रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव
शुक्रबार, ३१ भदौ २०७९, १० : ५१
सिरहा सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
घटनाबारे पुष्टि गर्दै थापाले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए ।
उनले विहान ६:२५ बजेको समयमा घटना भएको र घटनाकाे अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण