१५ जना स्रष्टालाई सम्मान गर्ने शान्ति समाजकाे निर्णय
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
यस क्रममा वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा‍.डा. नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ (काठमाण्डौ), पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवन चन्द्र वाग्ले ,(तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान– सीमा आभास (ओखलढुंगा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी पद्यप्रसाद दाहाल स्रष्टा सौगात– अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाण्डौ), भूमि प्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुंगा), जनककुमारी रेग्मी स्रष्टा सौगात– गंगा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात– हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), श्रीनारायण दाहाल स्रष्टा सौगात– मनमाया विश्वकर्मा (भोजपुर) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण