निर्वाचन आयोग डुबानमा, मुख्य गेटदेखि पार्किङस्थलसम्म बन्यो पोखरी (तस्बिरमा हेर्नुस्)
सोमबार, ०३ असोज २०७९, १६ : १९
कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसर डुबानमा परेको छ । सोमबार दिउँसो परेको वर्षाले आयोगको मुख्य प्रवेशद्वारदेखि पार्किङ स्थलसम्म पानी जमेर पोखरी बनेको छ । आयोग परिसरमा पानी जमेपछि हिँडेर आयोगमा दल दर्ताका लागि पुगेका राजनीतिक पार्टीका प्रतिनिधिहरू जुत्ता हातमा बोकेर कार्यालय प्रवेश गरेका छन् ।
त्यस्तै आयोग परिसरमा पार्किङमा राखेका बाइक, कार डुबेका छन् । कतिपय चिप्लेर समेत लड्न पुगेका छन् । सोमबार समानुपातिक तर्फको बन्द सूची बुझाउने कार्यतालिका भएकाले राजनीतिक पार्टीका प्रतिनिधिहरू बिहानैबाट बन्द सूची बुझाउन आयोगको कार्यलय पुगेका छन् । अपरान्ह चार बजेसम्म ३२ वटा दलले बन्द सूची बुझाउन धरौटी रकम बुझाइसकेका छन् । तस्बिर- कृष्ण खड्का/शम्भु दंगाल/रातोपाटी


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण