आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला
मङ्गलबार, ०४ असोज २०७९, ०८ : २५
आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले ३९५ रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य सिलबन्दी आवेदन बुझाउनुपर्नेछ । यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण